मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाको मुल्ली गाउँमा आगलागी, ३५ घर जलेर नष्ट, आगो नियन्त्रणबाहिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२७:oo

जुम्लाको तिला गाउँपालिका- ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणबाहिर छ।  

‘पर्याप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन सकेको छैन, घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’  वडाध्यक्ष बोहोराले भने, ‘आगो नियन्त्रणबाहिर छ, निभाउन पानी छैन, घरहरू जलिरहेको हेरेर बस्नुको विकल्प छैन, ३५ घरभित्र रहेकाे अन्नबाली सबै जलेर सखाप भइसकेको छ, आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ।’

वडाध्यक्ष बोहराले उद्धार र राहत कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेका छन्।  जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेको बताए। 

सदरमुकाम खलंगादेखि गएको प्रहरी टोली पाँच घन्टापछि आगलागी भएकाे स्थलमा पुग्नेछ। प्रजिअ थापाले तत्काल राहत र उद्धारमा सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन्। आगलागीको यकिन विवरण आउन बाँकी छ।  

यसअघि तिला गाउँपालिका- ७ पोखरी गाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएका थिए।  योसँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ। यसअघि सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा पनि आगलागी भएको थियो।