१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २१ शनिबार १५:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिडियाप्रति केपी ओलीको आक्रोश : राष्ट्रपति र प्रधानमन्त्री गएको कार्यक्रममा संवाददाता पुग्दैनन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २१ शनिबार १५:२४:००

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति र प्रधानमन्त्री गएको कार्यक्रममा पत्रिकाका संवाददाता नपुगेको भन्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार एक सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकको शुभारम्भ गर्दै ओलीले प्रधानमन्त्रीको राजीनामा मागियो भन्ने समाचार लेख्ने पत्रिकाले मेलम्चीको पानी काठमाडौं आयो भनेर लेखेनन् भन्दै आक्रोशित भए ।

उनले भने, ‘यहाँ दिनैपिच्चे एक–एकवटाले प्रधानमन्त्रीको राजीनामा माग्छ,  राजीनामा मागियाे भनेर समाचार छापिन्छन्, तर मेलम्चीको पानी काठमाडौं आएको समाचार छापिँदैन’, ‘राष्ट्रपति र प्रधानमन्त्री गएको कार्यक्रममा संवाददाता पुग्दैनन्, साँढे आठ करोड लिटर पानी काठमाडौं आएको कार्यक्रम लाइभ गरेको समाचार हेर्ने रिपोर्टर छैन’ उनले आक्रोश पोखे । 

ओलीले आफूलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रलाई आग्रह गरे । उनले भने ‘समर्थन फिर्ता लेऊ भन्दा पनि लिँदैनन्, तर, राजीनामा मागिरहन्छन् ।’  समर्थन फिर्ता लिए राजीनामा आउने उनले बताए ।