१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार

घुस लिएको आरोप लागेका अख्तियारका आयुक्त पाठकले पदबाट दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १३:४२:००

७८ लाख घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । शुक्रबार राष्ट्रपति कार्यलयमा गएर ‘राजीनामा बुझाए भन्ने खबर’ आएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । 

पाठकमाथि भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप लागेको थियो । सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी समेत गरेको थियो ।

पाठकले घुस लिएको स्विकारेको भिडियोसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आयोगका प्रमुख आयुक्त नवीन घिमिरेसमक्ष उजुरी परेपछि महाअभियोगको तयारी भएको थियो । 

राजीनामाबारे पाठकसँग जानकारी लिन खोज्दा उनको फोन सम्पर्क हुन सकेन । 

घुस लिएको आरोप लागेका अख्तियारका आयुक्त पाठकले पदबाट दिए राजीनामा