१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेंसीसहरका २९ सडक कालोपत्रे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:४३:oo

लमजुङको बेंसीसहर नगरपालिकामा तीन वर्षको अवधिमा २९ वटा सडक कालोपत्रे भएका छन् । नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लागत साझेदारीमा नगरभित्रका शाखा सडक कालोपत्रे गरिएको हो ।

नागरिकको मागअनुसार नगरपालिकाले लागत साझेदारीमा काम गर्दै आएको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । नगरप्रमुख अर्यालका अनुसार तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलाेमिटर सडक कालोपत्रे गरेको छ । 

नगरपालिकाले नगरभित्रका हरेक गाउँलाई सडक सञ्जालसँग जोडेको छ । शाखा सडक कालापत्रे गर्न नगरपालिकाले झन्डै चार करोड रुपैयाँ  बजेट खर्च गरेको छ । 

नगरपालिकाले आ.व ०७४/७५ मा आठ वटा, ०७५/७६ मा १४ वटा र ०७६/७७ मा सातवटा शाखा सडक कालोपत्रे गरेको छ । नगरपालिकाले ०७४/७५ मा १.५ किलोमिटर, ०७५/७६ मा १.४७ किलोमिटर र ०७६/७७ मा ०.९९ किलोमिटर सडक कालोपत्रे गरेको हो । 

नगरपालिकाले शाखा सडक कालोपत्रे गर्न ०७४/७५ मा एक करोड ५० लाख रुपैयाँ, ०७५/७६ मा एक करोड ६३ लाख ८३ हजार तीन सय १४ रुपैयाँ, ०७६/७७ मा ४३ लाख ९७ हजार आठ सय ६१ रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीका अनुसार नगरपालिकाले चालू आर्थिक वर्षमा मात्रै पाँचवटा शाखा सडक लागत साझेदारीमा कालोपत्रे गरिरहेको छ । सडक कालोपत्रे गर्न चालू आर्थिक वर्षमा नगरपालिकाले ५४ लाख ९८ हजार तीन सय ६९ रुपैयाँ बजेट विनियोजन गरेको छ । 

ad
ad