मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
संजित परियार काठमाडौं
२०७७ चैत १४ शनिबार १४:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता जोशीलाई श्रद्धाञ्जली दिन नेता–कार्यकर्ता सानेपामा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७७ चैत १४ शनिबार १४:२६:००

कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली दिएका छन् । कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ता सानेपा पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका हुन् । जोशीको ५७ वर्षको उमेरमा शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको थियो । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि जोशीलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो । जोशीको पार्थिव शरीरलाई शनिबार बिहान अस्पतालबाट घर लगिएको थियो । त्यसपछि पार्टी कार्यालय सानेपामा राखिएको थियो ।