मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १४ शनिबार ०६:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १४ शनिबार ०६:२२:००

कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशी (५७ ) को निधन भएको छ । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारमा रहेका नेता जोशीको उपचारका सबै प्रयास जारी राखेकै वेला शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

फागुन १४ फागुनमा नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार बिहानदेखि मुटुले काम गर्न छोडेको अस्पतालद्वारा जारी विज्ञप्तिमा छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो ।

पूर्वउद्योगमन्त्रीसमेत रहेका जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । ०७० मा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत थिए ।

यसैबीच, नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूले दुःख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्‍जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन् ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता जोशीलाई गुमाउँदा आफू पीडा सहन नसक्ने अवस्थामा रहेको बताएका छन् ।