१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अब रासायनिक मल कारखाना खोल्छौँ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:१६:oo

प्रधानमन्त्री केपी ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताएका छन् । बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताएका हुन् । 

विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उनले बताए । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानलाई तालिम दिन जरुरी रहेको ओलीले बताए । 

उलने भने, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । महँगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन, त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाका लागि खपत गर्ने हो । कृषि मन्त्रालयले मल उत्पादनतर्फ पनि किसानहलाई तालिम दिन जरुरी छ ।’

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको जिकिर पनि ओलीको छ  । हरेक दिन नयाँ उपलब्धि हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि ओलीले बताए ।

ad
ad