Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १२ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म सरकार गठनको विषय अघि बढ्दैन : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १२ बिहीबार १८:०७:००

कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको विषय अघि बढ्न नसक्ने बताएका छन् । ‘प्रधानमन्त्री केपी ओलीलाई अहिले पनि माओवादी केन्द्रको समर्थन छ, त्यसैले ओली नेतृत्वको सरकार बहुमतकै सरकार छ, त्यस्तो अवस्थामा संसदमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सक्दैन,’ नेता सिंहले भने । 

मोरङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सिंहले जनता समाजवादी पार्टीले कांग्रेसले नयाँ सरकार बनाउनका लागि केही गरेन भनेर दोष दिएकाेप्रति पनि असन्तुष्टि जनाए । ६३ सिट रहेको कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव लैजान नसक्ने भन्दै उनले संसद्को अंकगणितबारे सबैलाई जानकारी रहेको पनि बताए । ‘सरकार परिवर्तन भनेको संसद्भित्रकै समीकरणबाट गर्नुपर्छ । माओवादीले समर्थन फिर्ता नलिएसम्म यो बहुमतकै सरकार छ । बहुमत बाँकी छँदै कांग्रेसले के गर्ने ?’ सिंहले भने ।  

गत ५ पुसमा प्रतिनिधिसभा विघटन हुँदा कसले के बोल्यो भन्ने कुरा जनताले लेखाजोखा राखेको पनि सिंहले बताए । सिंहले नेपालको कम्युनिस्टहरूको डिक्स्नरीमा नैतिकता भन्ने शब्द नभएको र राजनीतिमा नैतिकता नहुँदा तानाशाहको जन्म हुने बताए ।