Skip This
सर्लाही स्वर्णिम सम्मान : कलाकारलाई नगर परिक्रमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:१o:oo
Read Time : > 1 मिनेट
सप्तरंग

सर्लाही स्वर्णिम सम्मान : कलाकारलाई नगर परिक्रमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

बरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशका विभिन्न स्थानमा कर्मथलो बनाई विविध क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाले गत शनिबार ‘सर्लाही स्वर्णिम सम्मान ०७७’ नामक कार्यक्रम गरी सर्लाहीका दर्जनौँ कलाकारलाई सम्मानित गरेको हो । सम्मानित व्यक्तिहरूलाई गोरुगाडामा राखेर नगर परिक्रमा गराइएको थियो ।

कार्यक्रममा कवि साहित्यकार दिनेश अधिकारी, अभिनेता निखिल उप्रेती, कलाकार निर्माता पवन मैनाली, निर्देशकहरू प्रदीप भट्टराई, सम्झना उप्रेती रौनियार, पूर्णेन्दु झा, गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, यश कुमार, संगीतकार टीका बमजन, रंगकर्मी विजय बराल, कलाकार शिवशंकर रिजाल, कविता नेपाली, खेलाडीत्रय लेखनाथ मैनाली, रीता कार्की मैनाली, गंगा कुशवाह, नयाँ पत्रिकाकर्मी दिवाकर मैनाली, सञ्चारकर्मी नरेश भट्टराई, प्रदीप कार्की, सुरेश वाग्ले, राम ठाकुर, श्रृष्टि थापा, सरोज गिरीलगायत सम्मानित भए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख देवानन्द महतोले सर्लाहीमा जन्मिएर विविधि क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले भने, ‘उहाँहरूले सर्लाही जिल्लालाई अझै प्रसिद्ध बनाइदिनुभएको छ, आगामी दिनमा उहाँहरू आफू जन्मेको ठाउँको विकासका लागि योगदान गर्नुहुनेछ भन्ने आशा गरेको छु ।’ उनले यस्तो कार्यक्रम सुरुवात मात्र भएको र आगामी वर्षदेखि निरन्तरता पाउने जानकारी दिए । उनले नगरपालिकाले वार्षिक कार्यक्रममै स्रष्टा सम्मान कार्यक्रम राख्ने घोषणा गरे । ‘सर्लाही स्वर्णिम सम्मान’को संयोजन चिकित्सक तथा सामाजिक अभियन्ता नवीन यादव र पत्रकार नवीन गिरीले गरेका थिए ।

सम्मान कार्यक्रममा कलाकारको क्रेज धेरै नै देखिएको थियो । अभिनेता निखिल उप्रेती, गायकद्वय शिव परियार र कमल खत्री तथा डान्स रियालिटी शो बुगीबुगीकी विजेता कविता नेपालीसँग तस्बिर खिचाउने र सेल्फी लिनेको भिड नै लागेको थियो । सम्मान कार्यक्रमपछि सुरु भएको सांगीतिक कार्यक्रममा स्टेजमा बसेका निखिल, शिव, कमल, कविता, साहित्यकार दिनेश अधिकारीसँग तस्बिर लिन दर्शकहरूको लाइन लामो देखिन्थ्यो । कार्यक्रममा नेपालकै चर्चित बाँसुरीवादक बुद्ध लामाले बाँसुरी बजाएर आफ्नो प्रस्तुति देखाएका थिए । गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, शिवशंकर रिजाल, टीका बमजनले गीत गाउँदा दर्शकहरू सँगसँगै नाचेका थिए ।