१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाले बिस्तारै लय समात्छ : सभामुख (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:१५:oo

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले बिस्तारै लय समात्ने बताएका छन् । शनिबार जिपी कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मिहिनेत गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।  

संसद् छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीको सामना गर्न प्रतिकुलतामा पनि अनुकूलता खोज्ने उपाय खोजिरहेको बताए । संसद्को अनेकौँ चुनौतीको सामना गर्दै गुणस्तरीय कानुन निर्माणका लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ ।

उनले भने– ‘अलिकति समस्या छ । त्यसलाई लयमा फर्काउनका लागि बढी नै मिहिनेत गर्नुपर्ने आवश्यकता छ । तर, हिजोबाट तपाईंहरूलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जीवन्त र जनमुखी हुने नै छ । हामीले संसद्लाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ । संसद्को मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगीरथ प्रयत्न गर्दै छौँ र त्यसपछि बनेको कानुन कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ ।’

 

ad
ad