Skip This
कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o४:oo

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेसन एन्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्कघात भई उपचार गराइरहेका जोशीको अवस्था गम्भीर रहेको जनाएका छन् । 

उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।  विज्ञप्तिमा केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको, तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ । 

‘आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’विना नै राखिएको थियो, तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उहाँको अहिले अवस्था गम्भीर रहेको छ ।’ 

फागुन १४ गते मस्तिष्कघात भएपछि उपचारका लागि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।    अस्पतालले जारी गरेको विज्ञप्ति :