
जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने ६ जना बिचौलियालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा लमजुङ बेसीसहर– ८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका– १० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर– १२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर– ११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर– ४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका– २६ का २५ वर्षीय निशान तामाङ रहेका छन् ।
उनीहरूले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारीसाधनलाई हैरानी पार्ने, अनावश्यक सवारीसाधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनीहरूले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पुर्याउने गरेको थापाले बताए ।