१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १ आइतबार १९:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रान्ति पूरा नभएसम्म शान्ति आउँदैन : मोहन वैद्य (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १ आइतबार १९:०८:००

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा अहिले शान्तिको सम्भावना नरहेको बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध जवस तथा मोर्चाहरूले आइतबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् । 

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा बन्दुक उठ्ने दाबीसमेत गरे । प्रधानमन्त्री केपी ओलीले केही समयअघि सबै पार्टीहरू संसद्वादी मूलधारमा आएको अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै वैद्यले क्रान्तिकारीहरू संसद्वादी मूलधारमा नभएको र आफूहरूले वर्तमान व्यवस्था नमान्ने पनि बताए । 

वैद्यले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसीलगायतको समस्या समाधानका निम्ति क्रान्तिको तयारी गर्नुुपर्ने बताए ।