१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकता र ध्रुवीकरणमा माओवादी केन्द्रको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:o६:oo

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कार्यालय र सातवटै प्रदेशको तर्फबाट वर्तमान परिस्थितिबारे रिपोर्टिङ भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट नेता नारायणकाजी श्रेष्ठ र प्रदेशको तर्फबाट सातवटै प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गरेका हुन् ।

रिपोर्टिङका क्रममा नेताहरूले पार्टीको संगठनात्मक स्थितिमा खासै फरक नरेको बताएका छन् । सोमबार फेरि बस्ने गरी आइतबारको बैठक सकिएको नेता युवराज चौलागाईंले जानकारी दिए । 

‘पार्टीलाई व्यवस्थित गरौँ, संस्थागत गरौँ भन्ने कुरा आएको छ,’ उनले भने, ‘पहिला नेतालाई बलियो बनायौँ, अब संस्था बलियो बनाउनुपर्छ । विषेश परिस्थितिको सामना गर्दै एकता र ध्रुवीकरण गर्नुपर्छ भन्ने विषय उठेको छ ।’ 

बैठकमा प्रचण्डले पार्टी कमिटीलाई छरितो बनाउने बताउँदै दुई सयको हाराहारीमा केन्द्रीय कमिटी रहने जानकारी दिएका थिए । एमालेसँग एकताको क्रममा माओवादी केन्द्रबाट दुई सय नेतालाई केन्द्रीय कमिटीमा समावेश गरिएको थियो । सोही संंख्यालाई कायम राख्ने तयारी माओवादी केन्द्रले गरेको छ । 

गत २३ फागुनमा सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको हो ।

ad
ad