१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नवराज मैनाली काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्ति, विवादास्पद पनि सिफारिस सूचीमा 

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:o२:oo

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।  सर्वोच्च अदालतमा दुई र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस  भएको हो ।   

उच्च अदालतका वरिष्ठ मुख्य न्यायाधीशबाट कुमार चुँडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गरिएको छ ।  उच्च अदालतमा १८ जनाको सिफारिस भएको छ । उच्चमा सरकारी वकिलका तर्फबाट नायवमहान्यायाधिवक्ता नारायणप्रसाद पौडेल, कानुनसचिव ऋषि राजभण्डारी  नियुक्त भएका छन् ।

जिल्ला न्यायाधीशबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेलको सिफारिस भएको छ । सुनसरी जिल्ला अदालतमा कार्यरत कोइराला बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ दिने न्यायाधीश हुन् ।

न्यायसेवाका सहसचिवद्वय रामेश्वर रेग्मी र ममता खनाल पनि उच्च अदालतको न्यायाधीशमा सिफारिसमा अटाएका छन्। कानुन व्यवसायीबाट फुर्वा तामाङ, श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्यको सिफारिस भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले उनीहरूको सिफारिस गरेका हाे । न्यायपरिषद्का सदस्य रहेका सर्वाेच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले अर्जुनप्रसाद कोइरालाको सिफारिसमा नोट अफ डिसेन्ट लेखेका छन् ।

ad
ad