मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महिला आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्छ : पम्फा भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छिन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियुले आयोजना गरेको टेम्पोचालक महिला सम्मान कार्यक्रममा भुसालले ५० प्रतिशतभन्दा बढी संख्यामा रहेका महिलाले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् । 

संविधानतः महिलाले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको उनले बताइन् । भुसालले भनिन्, ‘हामी ५० प्रतिशतभन्दा बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर पाउनुपर्छ । एकातिर पाएका अधिकारको कार्यान्वयनका लागि लड्नुपर्ने अवस्था छ भने अर्कातिर नपाएका अधिकारको निम्ति आन्दोलनलाई निरन्तरता दिनुपर्नेछ । आज संविधानतः, कानुनतः नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको मान्छौँ । तर, कार्यान्वयनको तहमा चुनौती छ, समस्या छ । राष्ट्र प्रमुखदेखि न्यायपालिकालगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर, संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू भइराखेका छैनन् ।’

भुसालले आर्थिक समानता महत्वपूर्ण रहेको बताइन् । महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा उनले जोड दिइन् । महिलालाई पैतृक सम्पतिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलालाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनले बताइन् ।