मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ६ आइतबार
  • Sunday, 20 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २३ आइतबार ०७:१९:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतमा किसान आन्दोलनको सय दिन : दुई सय ४८ जनाको मृत्यु, आन्दोलन निरन्तर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २३ आइतबार ०७:१९:००

हरियाणाका ६५ वर्षीय प्रेम सिंह भारतीय किसान आन्दोलनका सशक्त अभियन्ता हुन् । उनी किसानको हितविपरीत भारतीय सरकारले जारी गरेको कृषिसम्बन्धी तीनवटा विधेयकको सुरुदेखि नै विरोधमा थिए । सोही अभियानस्वरूप भारतका हजाराैँ किसानले सरकारविरुद्ध राजधानी दिल्लीकेन्द्रित आन्दोलन सुरु गर्दा १ डिसेम्बरमा उनले घर छाडेका थिए ।

उक्त अभियानस्वरूप उनी हरियाणा राज्य र दिल्लीको सीमा क्षेत्र सिङ्घुस्थित क्याम्पमा खटिए । उनको घर सिङ्घुबाट झन्डै दुई सय ६० किलोमिटर टाढा मानपुरा गाउँमा छ । 

गाउँले किसान उनीसँग आफ्नै मोबाइल थिएन । यद्यपि, क्याम्पबाट उनी अन्य साथीहरूको मोबाइल मागेर भए पनि छोरा सन्दीपलाई फोन गरी घरको हालखबर दैनिक बुझ्थे । उनीहरूका लागि यो नयाँ दैनिकीजस्तै बनेको थियो । यो प्रक्रियागत २६ जनवरीको साँझ ६ बजेबाट भने रोकिएको छ । ‘म अझै पनि उहाँले फोन गर्दै हुनुहुन्छ कि भनेर मोबाइल हेरिरहन्छु । तर, अब उहाँले कहिल्यै फोन गर्नुहुनेछैन,’ छोरा सन्दीप भन्छन् । 

प्रेम आफू चढेको ट्र्याक्टरबाट भुइँमा लडेका थिए । त्यसपछि उनी कहिल्यै नफर्किने गरी बिदा भए । ‘त्यस वेला म उनीसँगै थिएँ,’ प्रेमकै गाउँका ३६ वर्षीय जोगिन्दर सिंह भन्छन्, ‘हामीले उनलाई क्याम्पमै सम्मान व्यक्त गर्‍यौँ । त्यसपछि उनको शवलाई गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्‍यौँ । उनी हाम्रा लागि अन्य सहिदजस्तै बनेका छन्, जसले हाम्रो यो उद्देश्यका लागि ज्यानको बाजी लगाएका छन् ।’

गत सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संसद्मा भारतीय जनता पार्टीको बुहमतको आडमा जारी गरेको कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा किसानहरू निरन्तर आन्दोलनमा छन् । विशेषगरी, हरियाणा र पञ्जाबका किसान गत २६ नोभेम्बरदेखि राजधानी दिल्लीवरिपरिका तीन विभिन्न ठाउँमा क्याम्प बनाएर आन्दोलनमा जुटिरहेका छन् । किसानहरूले यसरी आन्दोलन सुरु गरेको पनि एक सयौँ दिन पूरा भएको छ । उनीहरूले सरकारले तीनैवटा कानुन फिर्ता लिनुपर्ने माग गरिरहेका छन् । यद्यपि, उनीहरूको मागप्रति सरकार अझै गम्भीर देखिएको छैन । 

किसानहरूको संस्था संयुक्त किसान मोर्चाको तथ्यांकअनुसार आन्दोलनमा सहभागी हुने क्रममा अहिलेसम्म दुई सय ४८ जना किसानको मृत्यु भएको छ । त्यसमा प्रेम सिंह पनि एकजना हुन् । मोर्चाका अनुसार आन्दोलनमा सहभागी हुने क्रममा विभिन्न कारणले यी किसानको मृत्यु भएको हो ।

किसानहरू अझै दृढ
आन्दोलन सुरु भएयता मृत्यु भएका किसानहरूको यो ठूलो संख्या हो । त्यसका बाबजुद पनि किसानहरू आफ्नो अभियानमा दृढ छन् । त्यही दृढता सन्दीपमा पनि देखिएको छ । आन्दोलनकै क्रममा बाबुको मृत्यु भएका कारण सन्दीपको घरमा अझै पनि सहानुभूति दिने व्यक्तिहरू आइरहन्छन् । सन्दीप ती व्यक्तिहरूको स्वागतमै व्यस्त छन् । त्यसमाथि उनीसँग आमाको पनि ख्याल गर्नुपर्ने दायित्व छ । 

बाबुको मृत्यु भएदेखि सन्दीपकी आमा पनि बिरामीजस्तै बनेकी छन् । अझै कसैसँग बोल्न मान्दिनन् । यद्यपि, सन्दीप आन्दोलनमा सहभागी हुने तयारीमा छन् । उनी भन्छन्, ‘घरमा सबै व्यवस्था मिलाएर बुबा सहभागी हुनुभएको अभियानलाई सहयोग गर्न पुग्ने छु ।’

प्रेमको परिवार पूर्ण रूपमा कृषिमा संलग्न छन् । सन्दीप आफैँ चालकको काम गर्छन् । उनका दाइ पनि यही क्षेत्रमा छन् । प्रेमको मृत्युपछि घरको कमाइ पनि घटेको छ । त्यसका बाबजुद सन्दीप आन्दोलनलाई त्याग्न नसक्ने बताउँछन् । ‘परिवार चलाउन मैले काम त गर्नैपर्छ । यद्यपि, मेरो कर्मक्षेत्रलाई जोगाउन आन्दोलनलाई पनि छाड्न सक्दिनँ,’ सन्दीप भन्छन् ।

                              ........

३४ वर्षीया सन्दीप कौरका लागि पनि अवस्था उस्तै कष्टकर छ । उनी दुई सन्तानकी आमा हुन् । उनको दुई र पाँच वर्षका दुई नानी छन् । दुई सन्तानको हेरचाह र घरको कामका कारण उनी आफैँ भने आन्दोलनमा सहभागी हुन सकिनन् । यद्यपि, उनले पूर्ण साथ दिएर श्रीमान् मनप्रितलाई आन्दोलनमा पठाइन् । ४२ वर्षीय मनप्रित आन्दोलन सुरु भएको दिनबाटै सिङ्घुस्थित क्याम्पमा थिए ।

करिब एक महिना क्याम्पको बसाइपछि मनप्रित परिवारलाई भेट्न घर फर्किएका थिए । बिहान उठेर चेयरमा बसिरहेकै अवस्थामा मनप्रितको मृत्यु भयो । सन्दीप भन्छिन्, ‘डाक्टरले उहाँलाई साइलेन्ट हर्ट एट्याक्ट भएको जनाए ।’ सन्तानको हेरचाह गर्नुपर्ने जिम्मेवारी र श्रीमान्को पनि मृत्यु भएपछि उनी आन्दोलनमा सहभागी हुन सक्दिनन् । ‘मसँग अब कमाएर दिने पनि कोही छैन । खेती गर्ने ठाउँ पनि हामीसँग प्रशस्त छैन । सरकारबाट पनि कुनै क्षतिपूर्ति पाएका छैनौँ ।’ आन्दोलनमा आफन्त गुमाएका यी किसान परिवारले कमाइ गरिदिने महत्वपूर्ण व्यक्ति पनि गुमाएका छन् । यसले त्यस्ता परिवार अझ ठूलो समस्यामा देखिएका छन् ।

वियोगसँगै जिम्मेवारीको बोझ
मानपुरादेखि २० किलोमिटर टाढा पर्ने अर्काे गाउँ गाग्सिनामा ६० वर्षीया रोश्नी सिंह दुई एकड जमिनमा खेती गर्छिन् । रोश्नीका देवर क्रिपाल पनि दुई एकड जमिनमा खेती गर्छन् । चार एकड पैतृक सम्पत्ति उनीहरूले आधा–आधा बाँडेका थिए । आन्दोलन सुरु भएपछि रोश्नीका श्रीमान् ७२ वर्षीय सिस्पालले घर छाडेका थिए । उनी पनि आन्दोलनको पहिलो दिनबाटै सिङ्घुस्थित क्याम्पमा रहेर सहयोग गरिरहेका थिए ।

सिस्पाल आन्दोलनमा सहभागी भएपछि घरमा क्रिपालमाथि बोझ थपिएको थियो । दाइको अनुपस्थितिमा क्रिपालले खेतीमा सहयोग गरिरहेका थिए । रोश्नी पनि घरको काम सकेर अन्य अवस्थाको भन्दा बढी समय खेतबारीमै बिताउने गरेकी थिइन् । ‘हामीले यसरी नै काम गरेका थियौँ । हामीलाई आफ्नो काम पनि भ्याउनु थियो । आन्दोलनमा पनि सहभागी हुनु थियो,’ रोश्नी भन्छिन्, ‘यो हामीले केही समयका लागि गरेको व्यवस्था हो । हाम्रो लागि यो राम्रो विकल्प बनेको छ ।’

तर, ४ जनवरीमा सिङ्घु क्याम्पबाट क्रिपाललाई फोन आयो । सिस्पाललाई हृदयाघात भएर अस्पताल भर्ना गरिएको रहेछ । उनलाई दुईवटा अस्पतालमा पालैपालो उपचार गरियो । तर, उनी बाँचेनन् । पाँच दिनपछि उनको मृत्यु भयो । त्यसपछि अझ ठूलो बोझ उनीहरूमाथि थपियो । सिस्पालको उपचारकै लागि निम्न आय भएको यो परिवारले तीन लाख ऋण गर्नुपर्‍यो । 

हृदयाघात हुनुभन्दा एक दिनअघि मात्रै उनी घर फर्किएका थिए । उनले गाउँमा आएर धेरै किसानलाई आन्दोलनमा सहभागी पनि गराएका थिए । झन्डा राखेको ट्र्याक्टरमा किसानको पक्षमा नारा लगाउँदै उनी घरबाट क्याम्पमा फर्किएका थिए । तर, अब उनले फेरि यसरी किसानको पक्षमा नारा लगाउनेछैनन् । 

प्रत्येक बिहानी क्रिपाल उठेर आफ्नो खेततर्फ लाग्छन् । खेतमा लगाएको बालीमा पानी लगाउँछन् । त्यसपछि दाइको खेततर्फ जान्छन् र यही प्रक्रिया दोहोर्‍याउँछन् । छोटो समयका लागि मात्रै उनीहरूले मिलाएको यो योजना अब लामै समयका लागि रहने भएको छ । सिस्पाल फर्कनेछैनन् ।

 एजेन्सीको सहयोगमा