१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १५:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल भन्छन्– केपी ओलीलाई अन्तिम मौका छ, प्रधानमन्त्रीबाट राजीनामा दिनुहोस् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:५९:oo

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गरेका छन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘केपी ओलीलाई पनि हामी अन्तिम मौका दिइरहेका छौँ । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भए पनि देखाउनुहोस् । नभए इतिहासमा तपाईं सधैँभरि कलंकित मात्रै हुनुहुनेछ । धेरै फुर्ति नदेखाउनुहोस् । तपाईंका फुर्ति देखाउने दिन गए ।’

उनले प्रधानमन्त्री ओलीले प्रतिगमनको कदम चालेर आफैँले बनाएको संविधानलाई मृत अवस्थामा पुर्‍याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्‍याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे । उनले भने, ‘कम्युनिस्ट विचार बोक्नेहरू प्रतिगमनमा पनि लाग्दारहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ । विगतमा पनि कम्युनिस्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विसर्जन भएर गएका छन् । यो नौलो कुरा होइन । त्यसबाट हामी निराश हुदैनौँ । केपी ओलीको कदमविरुद्ध सिंगो देश नै आन्दोलित, तरंगित भयो । यो पार्टी मात्रै होइन, संसद्मा भएका राजनीतिक दलहरू पनि आन्दोलनमा उत्रिए ।’

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले बताए । पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उनले बताए । 

उनले भने, ‘अत्यन्तै गलत प्रवृत्ति बोकेका केपी ओली पार्टीको अध्यक्ष र सदस्य दुवैबाट निष्कासित भइसकेपछि अटेर भएर अझै पनि कुनै नैतिकता नराखेर, सर्वोच्चको फैसलापछि पराजित भइसकेपछि पनि पदमा टाँसिएर बसेको देख्दा सारा दुनियाँ आश्चर्यचकित छन् । कस्ता सन्तान नेपाली आमाले जन्माएछन् भनेर ।’

उनले पार्टीको नाम र चुनाव चिह्नको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफूहरूप्रति कर्केनजर नलगाउन चेतावनी
दिए । उनले भने ‘कसैले पनि कर्केआँखा नदेखाए हुन्छ । मूल पार्टी यही हो । सूर्य चिह्न यही पार्टीको हो । कसैले खोसेर लान सक्दैन । केपी ओलीसँग अझै पनि अलमलिएर बसेका मान्छेहरूलाई भ्रमबाट मुक्त भई मूल पार्टीमा समाहित हुन आग्रह गर्छु ।’

नेत्रविक्रम चन्द विप्लव राजनीतिको मूल प्रवाहमा आए पनि कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले आफूहरू कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतीक्षामा रहेको उनले बताए । 

ad
ad