१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

लक्षित सबै समूहमा कोभिड–१९ विरुद्धको खोप पुग्छ : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पौडेलले कोभिड–१९विरुद्धको खोप प्रदान गर्ने प्रक्रिया नरोकिने बताएका हुन् । 

सबै लक्षित समूहमा खोप पु¥याउने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरूको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्ण काम गरेको जिकिर गरे ।

उनले भने ‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउँछौँ, लक्षित सबैस समूहमा भ्याक्सिन पु¥याउँछौँ । सबैलाई हामी क्रमशः भ्याक्सिन उपलब्ध गराउँछौँ । सरकारले खासगरी, आकस्मिक रूपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा पनि विकास निर्माण तथा समृद्धिका अभियानलाई अगाडि बढाउने सन्दर्भमा पनि निजी क्षेत्रको बैंक, वित्तीय संस्थाहरूको मनोबललाई उठाएर अगाडि बढाउने सन्दर्भमा पनि महत्वपूर्ण काम गरेको छ भन्ने मेरो जिकिर
छ ।’

अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमूलक उद्योग र होटेल पर्यटन क्षेत्रका लागि पनि विद्युत्को डिमान्ड शुल्क छुट दिने निर्णय गरेको जानकारी दिए । उलने भने ‘विद्युत्काे डिमान्ड शुल्कबारे हामीले एउटा निर्णय गर्‍याैँ । उत्पादनमूलक उद्योगका लागि डिमान्ड शुल्क छुट दिने निर्णय गर्‍याैँ । पछि होटेल टुरिजम सेक्टरको पनि डिमान्ड शुल्क छुट पाउने निर्णय गरेका छौँ ।’

पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको समस्या समाधानका निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको पनि बताए । समस्या समाधानका लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाइ छ ।