मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाभित्रैबाट सरकारको विकल्प दिन सांसदको ‘लबिङ’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

नेकपाका दुई दर्जन सांसदले पार्टीभित्रैबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सांसदहरू कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, भूमि त्रिपाठी, दीपक कार्की, पदम गिरी, ध्रुवबहादुर शाही, झपट रावललगायतले घनश्याम भुसाल र शंकर पोखरेलसँग छलफल गरेका छन् । उनीहरूले उपनेता सुवास नेम्वाङलाई समेत भूमिका खेल्न आग्रह गरेका छन् । 

सांसदहरूको भेटपछि भुसाल र पोखरेलले सिंहदरबारमा करिब एक घन्टा बेग्लै कुराकानी गरेका थिए । ‘झन्डै दुईतिहाइको जनमतलाई सम्मान गर्न अरूको नेतृत्वमा होइन, नेकपाकै नेतृत्वमा सरकार बनाएर पार्टी एकता जोगाउन भूमिका खेल्नुस् भनेर हामीले उहाँहरूलाई भेटेरै आग्रह गरेका छौँ,’ सांसद पहाडीले भने, ‘तपाईंहरूले शीर्ष नेताहरूलाई त्यति गर्न नसके हामी निकास दिन्छौँ भन्नुहोस्, अभियान चलाउनुस् भनेका छौँ ।’ 

त्यस्तै, अर्का सांसद पदम गिरीले पनि शीर्ष तहमा कुनै समझदारी हुन नसक्दा संकट संघारमा आइसके पनि एकता जोगाउने दिशामा अझै ठोस उपलब्धि हुन नसकेको बताए । ‘समझदारी नहुँदा संकट संघारमै आएको छ, यो संकटलाई तपाईंहरूले बोध गरेर जनमतको सम्मान गर्नुप¥यो त नियमित रूपमै भनिरहेका छौँ,’ गिरीले भने, ‘तर, उपलब्धिमूलक दिशामा छलफल अगाडि बढेको देखिएको छैन ।’

उपनेता नेम्वाङले पनि धेरै सांसदले एकताको भावनासहित दबाब दिँदै आए पनि परिणाममुखी प्रगति हुन नसकेको बताए । ‘धेरै साथीभाइले मलाई भेटेर एकताको भावना प्रकट गर्नुहुन्छ, म पनि पार्टी एकता हुनुपर्छ, सिंगो देश एकताबद्ध हुनुपर्छ त भनिरहेकै छु, तर त्यसअनुसार नयाँ केही भएको छैन ।’ यद्यपि, निर्णायक घडीमा ठोस पहल गरेको अवस्थामा भने राजनीति सबै सम्भावनाको खेल भएकाले पार्टी एकतासहित अगाडि बढ्ने अवस्था भने अझै रहेको नेम्वाङको भनाइ छ । 

त्यसो त, स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि बुधबार सामाजिक सञ्जालमार्फत पार्टीका सचिवालय सदस्यहरूबाहेक सांसद बसेर एकता जोगाउनका लागि निकास दिनुपर्ने वेला आएको बताएका थिए ।