१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १९ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १९ बुधबार १९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रमुख निर्वाचन आयुक्तहरू भन्छन्– निर्वाचन आयोगको साखमा असर नपरोस्, दलको विवाद छिटो निरुपण होस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १९ बुधबार १९:४o:oo

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्य तथा आयोगको आफ्नै साखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानुन र स्थापित नजिरहरूको आधारमा उपयुक्त निर्णय यथाशीघ्र दिन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर यथाशीघ्र निर्णय दिन आग्रह गरेका हुन् । 

राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको निर्णयक्षमता र स्वायत्तताको विषयमा उठाइएका प्रश्नले गम्भीर बनाएको उनीहरूको भनाइ छ । 

सोचविचार गरेर संयुक्त धारणा सार्वजनिक गरेको पूर्वप्रमुख निर्वाचन आयुक्त यादवले बताए ।  

नेकपाको आधिकारिताको विषयमा आयोगले निर्णय दिन ढिला गरेको भन्दै आलोचना भइरहेको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले पटक–पटक छिटो निर्णय दिन आयोगलाई आग्रह गर्दै आएका छन् ।

यो पनि पढ्नुस

प्रमुख निर्वाचन आयुक्तलाई प्रचण्ड–नेपाल समूहका नेताको प्रश्न : १५ दिनको सूचना दिनुपर्ने व्यवस्था किन लागू भएन ?