१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
दिपेश शाही काठमाडौं
Invalid date format १९:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अझै टुंगिएन जसपाको समायोजन प्रक्रिया, बल्ल टुंग्यायो जनवर्गीय संगठनका नाम 

Read Time : > 1 मिनेट
दिपेश शाही, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना जनवर्गीय संगठनका नाम टुंगो लगाएको छ । आइतबार बसेको पार्टी समायोजन सहजीकरण कार्यदलको बैठकले जसपाका भ्रातृ–जनवर्गीय संगठनको नाम निर्धारण गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।

झाका अनुसार राष्ट्रिय समाजवादी ट्रेड युनियन महासंघ नेपाल, राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपाल, जनता समाजवादी थारू संघ, समाजवादी भूपू सैनिक तथा प्रहरी महासंघ, जनता समाजवादी सांस्कृतिक महासंघ, जनता समाजवादी युवा संघ, जनता समाजवादी महिला संघ र नेपाल सुकुम्बासी व्यवस्थापन संघको नाम टुंगो लागेको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीबीच गत १० वैशाखमा पार्टी एकता भएर जसपा गठन भए पनि पार्टीले अहिलेसम्म एकताका सबै प्रक्रियाहरू टुंग्याउन सकेको छैन । जनता समाजवादी पार्टी (जसपा)ले एकताको ११ महिनामा पाँच शीर्ष नेताको मात्रै मर्यादा टुंग्याएको छ । 

टुंगिएको मर्यादाअनुरूप पहिलोमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई छन् । दोस्रो र तेस्रोमा क्रमशः अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको मर्यादा राखिएको छ । चौथो र पाँचौँमा क्रमशः वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र्रमहतो छन् । 

जसपाले एकीकरण गरेको ११ महिना बित्दासम्म सांगठनिक संरचनामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति, एक सय ५१ सदस्यीय राजनीतिक समिति र आठ सय  सदस्यीय केन्द्रीय समितिको संख्या मात्र टुंग्याएको छ । 

टुंग्याएकोमध्ये कार्यकारिणी समिति र केन्द्रीय समितिमा सदस्य मनोनीत भइसकेका छन् भने राजनीतिक समितिको काम अझै टुंगिएको छैन । संगठनको ५१ सदस्यीय कार्यकारिणी समितिमा राष्ट्रिय जनता पार्टीका २६ र समाजवादी पार्टीका २५ सदस्य छन् । आठ सय सदस्यीय केन्द्रीय समितिमा दुई पार्टीका आधा–आधा राख्ने सहमति भएको छ भने संख्या मात्रै टुंग्याइएको राजनीतिक समितिमा ७५–७५ जना भागबन्डा गर्ने सहमति बनेको छ । तर, समिति बनिसकेको छैन । 

जिल्ला र स्थानीय तहको समायोजन गएको २९ माघभित्र टुंग्याइसक्ने भनेको जसपाले अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन ।