मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ फाल्गुण १६ आइतबार १८:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बादी समुदाय र प्रहरीबीच झडप

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ फाल्गुण १६ आइतबार १८:५४:००

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ । माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप भएको हो । 

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको बादी संघर्ष समितिका संयोजक हिक्मत बादीले बताए । ‘प्रहरीको लाठीचार्जबाट केही घाइते भएका छन् । आन्दोलन शान्तिपूर्ण नै थियो । तर, प्रहरीले एक्कासि दमन ग¥यो,’ उनले भने, ‘आन्दोलन थप चर्काउँदै लानेछौँ ।’ तर, प्रहरीले भने लाठीचार्ज नगरेको बताएको छ ।