१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ फाल्गुण १४ शुक्रबार ०९:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आठ लाखमा बनेको सिँचाइ पोखरी पानी नहाल्दै चर्कियो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ फाल्गुण १४ शुक्रबार ०९:१३:००

सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ४ को गुनापानीमा निर्माण गरिएको सिँचाइ पोखरीमा पानी नहाल्दै पर्खाल चर्किएको छ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले निर्माण गरेको सिँचाइ पोखरीमा पानी नहाल्दै भत्किएको हो । पराम्परात पोखरीको ठाउँमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले पक्की पोखरी निर्माण गरेको थियो ।

जनजागृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम सुनार अध्यक्ष भएर निर्माण गरिएको पोखरीमा पानी नहाल्दै चर्किएको स्थानीय पदमलाल ढकालले जानकारी दिए । ‘सिँचाइ पोखरी निर्माण गर्दा कमसल मसलाको प्रयोेग गर्दा बस्तीमा जोखिम बढेको छ,’ उनले भने, ‘पोखरीमा पानी हाल्दा फुट्ने निश्चित छ ।

यहाँ रहेका सातवटा घर जोखिममा रहेका छन् ।’ पोखरी निर्माण राम्रोसँग गर्न आफूले सुझाब दिएको भए पनि निर्माण गर्ने उपभोक्ता समितिले कमसल निर्माण सामग्री प्रयोग गरेको ढकालले बताए । सात लाख ७२ हजारमा लागतमा पोखरी निर्माण गरिएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन एकाइ लम्की कैलालीले जनाएको छ । 

 पुनर्निर्माण गर्न उपभोक्ता समितिलाई निर्देशन
उपभोक्ता समितिललाई सबै रकम भुक्तानी भइसकेको र पर्खाल चर्किएको खबर पाएको पुनर्निर्माण गर्नका लागि उपभोक्ता समितिलाई निर्देशन दिएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन एकाइ लम्की, कैलालीका वन/जलाधारविज्ञ सुरज थापाले बताए ।

‘पहिला नै सबै रकम भुक्तानी भइसकेको छ,’ उनले भने, ‘मौखिक रूपमा मैले निर्माण गर्ने उपभोक्ता समितिलाई पुनर्निर्माण गर्न भनिसकेको छु । अबको एक–दुई दिनमा नै पुनर्निर्माणको काम सुरु हुन्छ ।’ पोखरी निर्माणमा कामदारका कारणले पनि समस्या भएको हुन सक्ने विज्ञ थापाले जानकारी दिए । ‘कामदारका कारणले पनि निर्माणमा समस्या भएको हुन सक्छ,’ उनले भने, ‘निर्माण गरिएकै दिनमा पानी खसालेका कारणले समस्या आएको हो ।’