मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १० शुक्रबार
  • Friday, 23 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १४:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव समूहद्वारा जसपासँग सहकार्यको प्रस्ताव (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १४:४२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच बिहीबार छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर अघि बढ्न नेकपा प्रचण्ड–माधव समूहले प्रस्ताव गरेको महतोले बताए । जसपा नेताहरूले प्रचण्ड–माधव समूहको पार्टी कुन हो स्पष्ट पार्न आग्रह गरेको महतोले बताए । 

आफूहरूले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको उनले जानकारी दिए । उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुरा राख्नुभयो । हामीले के जिज्ञासा राख्यौँ, तपाई‌ंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो, त्यो के हो ? तपाईंहरूले राखेका सबै कुरा हाम्रो पार्टीको बैठकमा राख्छौँ ।’

जसपा नेताहरूले पटक–पटक आफूहरूले गरेको सहमतिमा धोका खाएको स्मरण गराएका थिए । जसपा नेताहरूले आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरू अझै पनि बन्दी जीवन बिताइरहेको भन्दै रिहाइका लागि संघर्ष गरिरहने बताएका थिए ।

महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरू, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दीजीवन विताउनुपरेको छ । यी सवालहरू छन् । यी समस्याहरू छन् । त्यसैले आगामी यी सवालहरू प्राथमिकताका साथ उठाएका छौँ र आगामी दिनमा पनि उठ्ने छौँ र यसको लागि संघर्ष गर्छौँ । संविधानमा रहेका त्रुटिहरू, कमी–कमजोरीहरू र बन्दी रिहाइका सवालहरूसमेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौँ ।’