१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हामी बहुमत ल्याएर मात्रै सरकारमा जान चाहन्छौँ : रामचन्द्र पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:o१:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई अहिले कुर्सीको मोह नरहेको बताएका छन् । ‘हामी बहुमत ल्याएर सरकारमा जान चाहन्छौँ । तीन तहको निर्वाचन जितेर सत्तामा जान चाहन्छौँ । अहिले कुनै हतार छैन । अहिले संसदीय प्रणालीको प्रक्रिया अगाडि बढाउन हामी सहयोगी मात्रै हो,’ पौडेलले भने । 

उनले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर आएको बारेमा पनि अनभिज्ञता प्रकट गरे । ‘उहाँको कुरा हो । के गर्नुहुन्छ, त्यो थाहा छैन । भरसक कांग्रेस फ्लोरमै बसेर कसैलाई समर्थन दिनुपर्छ,’ पौडेलले भने, ‘कसैसँग कुरा मिल्यो, तुलनात्मक रूपमा जोसँग एजेन्डा मिल्छ त्यसलाई फ्लोरबाट समर्थन दिँदा काँग्रेसको कल्याण हुन्छ ।’

पौडेलले कांग्रेसलाई जनताले सत्तामा जाने म्यान्डेड नदिएको बताए । ‘हामी आफ्नो ठाउँमा रहेर यो प्रणालीलाई कसरी जगेर्ना गर्ने, त्यसतर्फ केन्द्रित हुन्छौँ,’ पौडेलले थपे । 

नयाँ पत्रिकाकर्मीसँगको कुराकानीमा पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने विषयमा कांग्रेसले नसोचेको बताए । ‘उहाँले सरकारले सिफारिस गर्नेबित्तिकै स्वीकृत गर्ने होइन । त्यसको यथार्थ बुझेर सही–गलत छुट्याउने र तब मात्रै निर्णय दिनुपर्ने उहाँको जिम्मेवारी हो,’ पौडेलले भने, ‘हतारमा काम गर्दा उहाँले राष्ट्रपति पदको गरिमालाई ख्याल गर्न र संविधानको संरक्षकको भूमिका निभाउन सक्नुभएन ।’ उनले राष्ट्रपतिको भूमिकाबारे पनि पार्टीमा छलफल हुने बताए । 

पौडेलले कांग्रेसले अब संसद्भित्र भने प्रधानमन्त्री ओलीको विपक्षमा भूमिका निभाउने बताए । ‘उहाँले संसद् फेस गर्नुहुन्छ । कांग्रेस उहाँको विपक्षमा रहन्छ,’ पौडेलले भने, ‘यो राजनीतिक धर्म हो । कांग्रेसले विपक्षीको धर्म निर्वाह गर्छ । र, आफ्नो धर्ममा निरन्तरता दिन्छ ।’ 

पौडेलले अब कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने बताएका छन् । ‘क्रियाशील सदस्यता ठाउँठाउँबाट आइरहेका छन्, केही ठाउँमा विवाद छ, तर अब तोकिएको मितिमा जसरी पनि महाधिवेशन हुन्छ, र हुनुपर्छ,’ पौडेलले भने । 

ad
ad