मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोहन वैद्य भन्छन्– संघीय जनगणतन्त्र स्थापना नभएसम्म समस्या समाधान हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२७:oo

नेकपा (क्रान्तिकारी माओवादी)ले वर्तमान राज्यसत्ता तथा व्यवस्थाभित्रको संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्याको समाधानका लागि संघीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको बताएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले बुधबार प्रेस वक्तव्य जारी गरेर संघीय जनगणतन्त्र स्थापना गर्न संघर्ष जारी रहने बताएका छन् । 

सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीको निरंकुशतावाद तथा फासीवादतर्फ उद्यत् कदमलाई असफल तुल्याइदिएको वैद्यको ठहर छ । उनले भनेका छन्, ‘वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाभित्र चुलिँदै आएका संकटको निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान हुन सक्दैन ।’