मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २४ सोमबार
  • Monday, 08 March, 2021
छियान जुली वाङ
२०७७ फाल्गुण ११ मंगलबार ०८:५०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा नश्लवाद नयाँ होइन

Read Time : > 2 मिनेट
छियान जुली वाङ
२०७७ फाल्गुण ११ मंगलबार ०८:५०:००

मैले सिकेको सुरुवाती अंग्रेजी शब्दमध्ये एक मेरो समुदायप्रति नै प्रयोग हुने नश्लीय गाली थियो । म र मेरा अभिभावक बजारतिर घुम्न निस्किँदा प्रायः उक्त गालीवाचक शब्द सुन्नुपथ्र्यो । मेरो सात वर्षको उमेरमा हाम्रो परिवार चीनबाट अमेरिकाको ब्रुकलिन बस्न थालेको थियो । एक दिन आफ्नो पितालाई प्रभावित पार्ने सोचमा आफूले जानेको अंग्रेजी शब्द प्रयोग गरेँ । ‘यहाँ हामी ‘चिन्क’ भनेर चिनिँदा रहेछौँ !’ लगत्तै पिताले मलाई आफ्नो नजिक तानेर सानो स्वरमा उक्त शब्द फेरि नदोहो¥याउन भने । 

यो शब्दले मलाई जीवनभर पछ्याएको छ । प्रत्येकपटक यो शब्द मप्रति प्रयोग हुँदा मेरो मनमा करौँती चलाएझैँ पीडा अनुभव हुन्छ । महामारीअघि नै पनि कार्यस्थलसम्मको मेरो यात्रा थकाउने खालको हुन्थ्यो । म आफूलाई सक्दो श्वेत समुदायको मानिस देखाउने प्रयत्न गर्ने गर्थें । तर पनि मैले बेइज्जती भोग्नु नै पथ्र्यो । मलाई जिस्काउन आँखाका दुई कुना तन्काएर चिम्सो बनाउने कार्यलाई बेवास्ता गर्ने गर्थे । कत्तिले मलाई ‘यल्लो फिभर (पूर्वी एसियाली मूलका मानिसलाई पहेँलो रङको बताइन्छ) भन्ने गरेको पनि सुन्थेँ, तर तिनलाई पनि खासै वास्ता गर्दिनथेँ । 

महामारी फैलिन थालेपछि मैले अफिस जान पनि डर मान्नुपर्ने अवस्था आइपर्‍यो । मानिसले भीडभाडयुक्त सबवे रेलमा पनि मसँग दूरी बनाउन थाले । यो त अव्यक्त विभेद थियो । अन्य अवस्थामा झन् खुलेरै अपमान गर्ने प्रयास हुन्थ्यो । केही मानिस छाताको टुप्पो मतर्फ तेस्र्याउँदै चिच्याउँथे, ‘चीन फर्केर जा !’ 

मार्च महिनामा अन्तिमपटक काममा जाँदा एकजना मानिस मेरो अनुहारको केही इन्च मात्रै नजिक आएर ‘चिन्क’ भनेर चिच्यायो । उसका आँखामा मप्रति चरम घृणा देखिन्थ्यो । उसको त्यस्तो कार्यप्रति वरपर रहेका कसैले पनि विरोध जनाएनन् । त्यो शब्द लामो समय कानमा गुन्जिरह्यो । यसले मलाई बाल्यकालको गाली बेइज्जतीको स्मरण गराइदियो । त्यसपछि मैले रेल र बसमा खुट्टा पनि हालेको छैन । 

यो स्थिति भोग्ने म एक्लो होइन । महामारीको समयमा एसियाली मूलका अमेरिकी (त्यसमा पनि विशेष पूर्वी एसियाली मूलका मानिस) विरुद्धको हिंसामा उल्लेख्य वृद्धि देखियो । सन् २०२० मार्चदेखि डिसेम्बरसम्म एसियन–अमेरिकीविरुद्ध भएका २८ सय हिंसाका घटना टिपोट भएका छन् । यो तथ्यांक ‘स्टप एएपीआई हेट’ नामक अभियानले टिपोट गरेको हो । अभियानले मुख्यतः एसियाली मूलका अमेरिकीविरुद्ध हुने हिंसाका घटनाको रेकर्ड राख्ने गर्छ । 

महामारीको समयमा एसियाली मूलका मानिसविरोधी भावना बढेको भए पनि यसको जग अमेरिकाको इतिहासमै देखिन्छ । सन् १८७५ को ‘पेज एक्ट’ले चिनियाँ महिलालाई अमेरिका प्रवेशमा रोक लगायो । चिनियाँ महिलाले यौनरोग फैलाउने र तिनबाट श्वेत समुदायको मूल्यमान्यतामाथि खतरा पुर्‍याउने हल्लामाझ उक्त कानुन आएको थियो । सन् १८८२ मा हस्ताक्षर भएको ‘चाइनिज एक्स्क्लुसन एक्ट’ले सम्पूर्ण चिनियाँहरूको अमेरिका प्रवेशमा रोक लगायो । यस कानुनले पहिलोपटक कुनै निश्चित देशका सबै आप्रवासीमाथि प्रतिबन्ध लगाएको थियो । एक्स्क्लुसन एक्ट सन् १९४३ सम्म लागू भएको थियो ।

महामारीपछि अमेरिकामा पूर्वी एसियाली मूलका मानिसमाथिको आक्रमण उल्लेख्य वृद्धि भएको छ, तर महामारीअघि पनि विभिन्न प्रकारको विभेद हुने गथ्र्यो 

अमेरिकाको कानुनी संरचनाले एसियाली मूलका आप्रवासीलाई अमानवीकरण गरेकाले तीमाथि विभिन्न समयमा आक्रमण भएका छन् । जस्तो, सन् १८७१ को एक जातीय हत्याकाण्डमा श्वेत अमेरिकीको एक हुलले लसएन्जेल्समा २० चिनियाँ आप्रवासीलाई झुन्ड्याएर मारे । सन् १९३० मा सयौँ श्वेत समुदायका मानिस क्यालिफोर्नियाको वाटसनभिलका सकडमा उत्रिएर फिलिपिनो कृषि श्रमिकलाई आतंकित बनाए । यस घटनामा एकजनाको ज्यान गयो ।

पल हार्वरपछि क्रुद्ध अमेरिकाले जापानी मूलका अमेरिकीलाई निसाना बनायो । त्यस्तै, भियतनाम युद्धपछि केकेके (कु क्लक्स क्लान)ले भियतनामी मूलका अमेरिकीलाई टेक्सासबाट निकाल्ने प्रयास गरेको थियो । सो समुदायलाई आतंकित बनाउन तिनको घर, डुंगा जलाइएको थियो । भियतनाम युद्धकालमा भियतनामी मूलका अमेरिकीप्रतिको घृणा अमेरिकाभर व्याप्त थियो ।

पछिल्लो समय एसियाली मूलका अमेरिकीका सबैभन्दा कमजोर सदस्यमाथि आक्रमण भएको छ । अघिल्लो शरदमा दुईजना आक्रमणकारीले ८९ वर्षीया वृद्धालाई ब्रुकलिनमा थप्पड हाने । त्यतिले नपुगेर आक्रमणकारीले महिलाको सर्ट खोलेर जलाइदिए । जनवरीमा सान फ्रान्सिस्कोको सकडमा हिँडिरहेका एकजना ८४ वर्षीया वृद्ध मारिए । पछिल्लो समय क्विन्समा बेकरी पसलबाहिर लाइनमा उभिरहेकी एक महिलालाई धकेलेर बेहोस बनाइयो । पूर्वराष्ट्रपति ट्रम्पले कुनै भाइरसलाई ‘कुंग फ्लु’ र ‘चाइना प्लेग’ भनेर नश्लवादी घृणालाई थप बढाउन सघाए । 

कार्यस्थलमा मेरा मालिक मलाई ‘धेरै संवेदनशील’ भएको आरोप लगाउँछन् । उनी मैले खासै नश्लवाद भोग्नु नपरेको सम्झाउँछन् । एक समय मैले काम गर्ने पूर्वकार्यस्थलमा ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनप्रति समर्थन मात्र पर्याप्त नभएको केही ठोस कदम उठाउनुपर्ने बताएको थिएँ । मेरो भनाइ सुनेर व्यावसायिक मिटिङमा एसियाली मूलप्रति अपमानजनक शब्द प्रयोग गर्ने ममाथिका श्वेत अमेरिकी स्टाफले तिनको तुलनामा मेरो अवस्था धेरै राम्रो रहेको बताए । 

जबसम्म श्वेत सर्वोच्चतावादीले एसियाली मूलका अमेरिकी, अफ्रिकी–अमेरिकी र आदिवासी नागरिकलगायत अन्य अल्पसंख्यक समुदायलाई एक–अर्कासँग जुधाइरहन्छन्, नश्लीय विभेदमा उल्लेख्य उपलब्धि प्राप्त हुँदैन । सन् १९९२ मा मेरा पिताले चीनको प्राध्यापन पेसा छाडेर अमेरिका आएका थिए । झन्डै तीन दशकपछि अहिले उनी घरबाट निस्कन हच्किने अवस्था निम्तिएको छ । मेरा बुबाले म हुर्किंदै गर्दा मलाई अक्सर भन्ने गर्थे– अवस्था जस्तो आए पनि अमेरिका थप राम्रो हुँदै जानेछ । 
वाङ वकिल हुन् र उनको ‘ब्युटिफुल कन्ट्री: अ मेमर अफ एन अनडकुमेन्टेड चाइल्डहुड’ नामक पुस्तक आउँदै छ । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य