मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण ९ आइतबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण ९ आइतबार २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कतारबाट फर्किएका युवामार्फत सुन तस्करी गराउने पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ९ आइतबार २१:३४:oo

कतारबाट फर्किएका कामदारमार्फत सुन तस्करी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सर्लाही मलंगवाका मेराज मिकरानीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट उनलाई प्रहरीले तीनवटा सुनका बालासहित पक्राउ गरेको हो । उनीबाट सुनका तीनवटा बाला बरामद भएको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले बताए । पक्राउ परेका मिकरानीमाथि भन्सार कार्यालयले कारबाही अघि बढाएको छ । 

५० ग्रामसम्म सुन ल्याउँदा भन्सार नलाग्ने भएकाले विदेशबाट फर्कने कामदारमार्फत सुन तस्करी हुने गरेको छ ।