१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खुकुरी प्रहार गरी श्रीमतीको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:o५:oo

जिल्लाको कालीञ्चाेक गाउँपालिका ६ लापिलाङमा गए राति श्रीमान्ले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।लापिलाङको आग्रालयनजिकै थारूदेसे भन्ने बस्तीका २७ वर्षीय हिमाल थामीले २२ वर्षीया श्रीमती सुनिता थामीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

कालीञ्चोक गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मानसिंह थामीका अनुसार राति २स३० बजेतिर घटनाबारे जानकारी आएको र तत्कालै घटनास्थल पुग्दा श्रीमान् हिमाल भने फरार भइसकेका थिए ।

अध्यक्ष थामीले के कारणले हत्या गरे भन्ने खुलिनसकेको बताएका छन् । मृत अवस्थामा रहेकी सुनिताको शरीरका विभिन्न भागसँगै टाउकोमा छिया–छिया हुने गरि खुकुरीको प्रहार गरिएको छ ।

फरार हिमाललाई डिएसपी रिजाल खटिएकै टोलीले कालीञ्चोक गाउँपालिका ७ सिसागोलाई नजिकैको क्षेत्रबाट पक्राउ गरेकाे छ । प्रहरी प्रमुख रिजालले आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको जनाउँदै घटनाबारे थप अनुसन्धान गर्न आफैँ घटनास्थलतर्फ गइरहेको बताएका छन् । रिजालका अनुसार यसअघि पनि आरोपित हिमाल थामीकी पहिलो श्रीमती झुन्डिएर आत्महत्या गरेकोे र त्यसलगत्तै दोस्रो विवाह गरेर भित्र्याइएकी सुनितालाई त्यसरी हत्या गर्नुमा केही रहस्य हुन सक्ने भएकाले गहिरो अनुसन्धान आवश्यक छ । पक्राउ परेका थामीलाई सदरमुकाम चरिकोट लगिएको छ । 

ad
ad