१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जुलुस हेरेर अदालतले निर्णय गर्ने होइन, जुलुस देखाउने प्रतिस्पर्धा किन गर्नु ? : शेरबहादुर देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:४६:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले ठूलो जुलुस देखेर अदालत प्रभावित नहुने बताएका छन् । बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले संसद् विघटनविरुद्धको मुद्दामा अदालतलाई प्रभावित गर्न नहुने बताएका हुन् । 

‘अहिले कसको जुलुस ठूलो देखाउने भनेर नेकपाका दुवै समूह लागेका छन् । ठूलो जुलुस देखाउनेको पक्षमा अदालतले फैसला दिने होइन । किन जुलुस देखाउने प्रतिस्पर्धा गर्नु ?’ उनले प्रश्न गरे । देउवाले जुलुस देखाउने प्रतिस्पर्धा नगर्न नेकपाका दुवै समूहलाई आग्रहसमेत गरे । 

अदालतले निर्वाचनमा जाने या संसद् पुनस्र्थापना गर्ने जे निर्णय गरे पनि त्यो कांग्रेसका लागि स्वीकार्य हुने उनको प्रस्टोक्ति छ । कांग्रेस केन्द्रीय समितिमा संसद् विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन र निर्वाचनमा जानुपर्ने दुवै विषयमा छलफल भएकोसमेत उनले बताए । ‘हाम्रा कोही साथीहरू संसद् विघटनविरुद्ध आन्दोलन चर्काउनुपर्छ भन्छन् । कोही साथीहरू निर्वाचनमा जाँदा फाइदा छ भन्छन्,’ उनले भने, ‘अदालतलाई यसो गर र उसो गर भन्न मिल्दैन । संसद् पुनस्र्थापना भए पनि ठीकै छ । निर्वाचनमा जाँदा पनि ठीकै छ । अदालतलाई निर्णय गर्न दिऊँ । जे निर्णय गर्छ कांग्रेसलाई त्यो स्विकार्य छ ।’ 

संसद् पुनर्स्थापना या निर्वाचन भन्नेमा नअल्मलिन उनले कार्यकर्तालाई निर्देशनसमेत दिए । यद्यपि, देउवाले ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर देशमा ठूलो दुर्घटना निम्त्याएको’ बताए ।

ad
ad