१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कार्कीको गीति एल्बम ‘नवीन’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

गायक नवीन कार्कीद्वारा स्वरबद्ध गीति एल्बम नवीन सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बानेश्वरस्थित लेखक कुञ्जमा गीति एल्बम विमोचन गरेका हुन् । एल्बममा शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज सिवाकाटीको संगीत र गीतकार स्व. रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी देबु, रमेश दाहाल र पुष्करराज बुढाथोकीका शब्द रचना समेटिएका छन् । 

कार्यक्रममा मन्त्री गुरुङले गीति एल्बममा समेटिएका गीत कर्णप्रिय रहेको बताए । उनले भने, ‘गीत मैले सुनेँ । कर्णप्रिय लाग्यो । शब्द र संगीत उत्तिकै सशक्त रहेको पाएँ । स्वर त्यत्तिकै राम्रो रहेछ । मायाप्रीतिका गीतदेखि राष्ट्रियता एल्बममा समेटिएका रहेछन् । गायक नवीनलाई बधाई दिन चाहन्छु ।’

कार्यक्रममा संगीतकार शक्ति बल्लभले भाषा संगीत बाँचेसम्म गायक कार्कीको गला र कला बाँच्ने बताउँदै भौतिक सम्पत्ति क्षणिक भए पनि संगीत कलाको आयु अनन्त रहेको बताए । संगीतकार तथा गायक सिवाकोटी, गीतकार देवेन्द्र केसी देबु, विज्ञापन बोर्डका सदस्य बलराम थापा, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, अग्रज पत्रकार बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्षसमेत रहेका गीतकार पुष्करराज बुढाथोकी, सञ्चारकर्मी अमरध्वज लामालगायतलाई सम्मान गरिएको थियो ।