१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीको पराल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१६:oo

गुल्मीको पराल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । बुधबार तम्घासबाट रेसुंगा नगरपालिका– १४ पराल्मी जाँदै गरेकाे लु.१ज १९८८ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा रेसुंगा नगरपालिका– १४ का ४८ वर्षीय एकबहादुर पोख्रेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै, पराल्मीकै ४७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ता नेपालीको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको पाण्डेले जानकारी दिए । त्यस्तै, रेसुंगा नगरपालिका– १४ का जिपचालक २२ वर्षीय भरत पोख्रेल, २७ वर्षीय वीरबहादुर सूर्यवंशी, ३७ वर्षीया गोमा सामत, ६५ वर्षीय देवबहादुर नेपाली, २७ वर्षीय प्रकाश नेपाली र  साढे चार वर्षीया खुसी नेपाली घाइते भएका छन् । जिप सडकबाट दुई सय मिटर तल खसेको छ । 

दुर्घटनामा घाइतेहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर गुल्मी अस्पताल तम्घास ल्याएका थिए । चालक भरत पोख्रेल र वीरबहादुर सूर्यवंशीको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल प्रभास पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी चारजनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । जिप चिप्लिएर सडकबाट तल खसेको स्थानीयको भनाइ छ । 
 

ad
ad