मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २४ सोमबार
  • Monday, 08 March, 2021
मञ्जु टेलर काठमाडाैं
२०७७ फाल्गुण ४ मंगलबार ०८:३०:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

कोभिडविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्यकर्मी किन कम ?

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ फाल्गुण ४ मंगलबार ०८:३०:००

भारत सरकारको सहयोगमा अक्सफोर्ड र एस्ट्राजेनेकाको संयुक्त रूपमा निर्माण तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन ८ माघमा नेपाल आइपुगेको थियो । भ्याक्सिन आएपछि नेपाल सरकारले १४ माघदेखि कोरोनाविरुद्धको खोप अभियान चलाएको थियो ।

पहिलो चरणमा फ्रन्टलाइनर करिब चार लाख ३० हजारलाई भ्याक्सिन खोप दिने सरकारको योजना थियो । जसअन्तर्गत स्वास्थ्यकर्मी, सफाइकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रमका कर्मचारी, कारागारका कैदी र सुरक्षाकर्मीले लगाएका छन् । स्वास्थ्य तथा जंनसख्या मन्त्रालयका अनुसार पहिलो चरणमा एक लाख ८४ हजार आठ सय ५७ ले मात्र खोप लगाएका थिए । यसमध्ये वृद्धाश्रमका एक हजार नौ सय ७९ जना, कारागारका कर्मचारी र कैदीसमेतले १९ हजार चार सय ८० जनाले भ्याक्सिन लगाएका थिए ।  

दोस्रो चरणमा स्वास्थ्य मन्त्रालयले पत्रकार र कूटनीतिक नियोगका कर्मचारी र तिनका परिवारका सदस्यहरूलाई गत सोमबारदेखि खोप दिन सुरु गरेको थियो । जसअन्तर्गत दुई हजार दुई सय ४१ जना पत्रकार, आठ सय ९१ जना कूटनीतिक नियोगका कर्मचारी र तीन सय ४८ जना युएनका कर्मचारी गरेर जम्मा तीन हजार चार सय ८० जनाले मात्रै भ्याक्सिन लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाँकी भ्याक्सिन २ देखि ८ फागुनसम्म तेस्रो चरणमा लगाइनेछ । जसअन्तर्गत ७७ जिल्लाका सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारी, सीमा सुरक्षाकर्मी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी प्राथमिकतामा पर्नेछन् । यो चरणमा करिब तीन लाख डोज भ्याक्सिन लगाइसक्ने सरकारको तयारी छ । 

करिब आधा स्वास्थ्यकर्मी मात्रै सहभागी
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालभर दर्ता भएका दुई लाख २५ हजार स्वास्थ्यकर्मी भ्याक्सिन लगाउनयोग्य छन् । तर, पहिलो प्राथमिकतामै परेका स्वास्थ्यकर्मीमध्ये जम्मा एक लाख ६३ हजार तीन सय ९८ ले मात्रै भ्याक्सिन लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार दर्ता भएका स्वास्थ्यकर्मीभन्दा पनि तत्कालीन अवस्थामा भ्याक्सिन लगाउनयोग्यहरूले मात्रै लगाएका छन् । यसकारण संख्या कम देखिएको उनको भनाइ छ । उनी भन्छन्, ‘तत्काल खोप लगाउन नमिल्नेजस्तै, संक्रमण भएको आठ साताभित्रका व्यक्ति, गर्भवती, स्तनपान गराइरहेका महिला, सिभियर एलर्जी र स्थानीय तहमा भ्याक्सिन नपुगेका कारण रेकर्डभन्दा कम देखिएको हो । छुटेकाहरूका लागि पुनः अर्को चरणमा खोप दिइरहेका छौँ ।’  

शुक्रराज अस्पतालका डाइरेक्टर डा. सागर राजभण्डारीका अनुसार तथ्यांकको आधारमा मन्त्रालयले भ्याक्सिन लगाउने योजना बनाए पनि अस्पताल र स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी निकै कम छन् । यसकारण पनि स्वास्थ्यकर्मीले नै भ्याक्सिन नलगाएजस्तो देखिएको छ । उनी भन्छन्, ‘कतिपय स्वास्थ्यकर्मी देशबाहिर छन्, मृत्यु भएका स्वास्थ्यकर्मीको तथ्यांक अपडेट नै छैन । पारामेडिक्स र अन्य कर्मचारीलाई पनि राखिएको हुँदा संख्या कम देखिएको हो ।’ यस्तै कोभिडविरुद्धको भ्याक्सिनेसन सुविधा अस्पतालमा मात्रै भएका कारण कतिपय छुटेका छन् । 

भ्याक्सिनप्रतिको मनोविज्ञान
टेकु अस्पतालका निर्देशक राजभण्डारीका अनुसार केही स्वास्थ्यकर्मीले सुरु–सुरुमा भ्याक्सिनप्रतिको डर देखाएका थिए । त्यही मेटाउनका लागि पनि सुरुमा आफैँले भ्याक्सिन लगाएको उनको भनाइ छ । उनले भने, ‘हाम्रो अस्पतालका त सबै कर्मचारीले भ्याक्सिन लगाइसके । तर, भ्याक्सिनको प्रभावकारिताबारे सबैजना ढुक्क भएको भने पाइँदैन ।’ तर, अहिलेसम्म भ्याक्सिनको साइड–इफेक्टले गर्दा गम्भीर समस्या भएको रिपोर्ट नआएको उनको भनाइ छ । 

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अवस्था र अन्य कारणले तथ्यांकभन्दा कमले भ्याक्सिन लगाएको दाबी गरे पनि कतिपय स्वास्थ्यकर्मीले भने भ्याक्सिन लगाउन इन्कार गरेकासमेत छन् । त्यसैमध्येका एक चिकित्सक भन्छन्, ‘खोप लगाउनु÷नलगाउनु स्वेच्छा हो, मलाई खोपको प्रभावकारिताबारे शतप्रतिशत विश्वास छैन, त्यसैले खोप लगाउँदिनँ । तर, अरूलाई खोप नलगाउन पनि भन्दिनँ ।’  

तत्काल खोप लगाउन नमिल्ने जस्तै, संक्रमण भएको आठ साताभित्रका व्यक्ति, गर्भवती, स्तनपान गराइरहेका महिला, सिभियर एलर्जी भएका र स्थानीय तहमा भ्याक्सिन नपुगेका कारण रेकर्डभन्दा कम देखिएको हो । छुटेकाहरूका लागि पुनः अर्को चरणमा खोप दिइरहेका छौँ ।
ल डा. समीर अधिकारी,
स्वास्थ्य मन्त्रालय, सहप्रवक्ता

कतिपय स्वास्थ्यकर्मी देशबाहिर छन्, मृत्यु भएका स्वास्थ्यकर्मीको तथ्यांक अपडेट नै छैन । पारामेडिक्स र अन्य कर्मचारीलाई पनि राखिएको हुँदा संख्या कम देखिएको हो ।
ल डा. सागर राजभण्डारी
शुक्रराज अस्पताल, डाइरेक्टर
 

४८ प्रतिशतमा खोपप्रति शंका
कोभिड भाइरसविरुद्धको भ्याक्सिन निकै कम समयमा बनेकाले भ्याक्सिनप्रतिको विश्वास विश्वभर नै कम छ । ११ जनवरीमा नेचर मेडिसिनले प्रकाशित गरेको एक तथ्यांकअनुसार करिब ४८ प्रतिशत व्यक्ति खोप लगाउन डराउने गरेका छन् ।

उक्त अध्ययनअनुसार विश्वभर भ्याक्सिन लगाएकामध्ये ७१.५ प्रतिशतले सहजै स्विकारेको र बाँकीले विज्ञको सल्लाहमा निर्भर रहने वा नलगाउने बताइएका थिए । भ्याक्सिनप्रतिको अविश्वासका कोभिड–१९ महामारी नियन्त्रणमा आउन थप समय लाग्न सक्ने विज्ञहरूको आशंका छ । खोप विज्ञहरू भने भ्याक्सिनको ‘साइड इफेक्ट’बारे नकारात्मक टिप्पणी गर्ने व्यक्तिहरू असम्बिन्धत र विशेषज्ञता नभएको बताएका छन् । त्यस्ता व्यक्तिहरूको पछि स्वास्थ्यकर्मी लाग्नु नहुने डा. असरफ हुसेन बताउँछन् ।

दीर्घरोगीलाई पहिलो प्राथमिकता दिइनुपथ्र्यो
वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि दीर्घरोगीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा सहमत छन् । भन्छन्, ‘हुन त विश्वभरि नै फ्रन्टलाइनरलाई पहिलो प्राथमिकता दिएको छ । तर संक्रमणको उच्च जोखिममा भने दीर्घरोगीहरू छन् ।’ अहिलेसम्मको तथ्यांक हेर्दा कोभिड संक्रमणबाट बढी प्रभावित हुने र मृत्युदर दीर्घरोगीहरूको बढी छ । दोस्रो चरणको खोप दीर्घरोगीहरूलाई दिने भनिएको पाइन्छ, तर खोप नआइपुग्दै संक्रमणको दोस्रो लहर फैलिए मृत्युदर बढ्ने उनको भनाइ छ । तसर्थ, १० लाख डोजमै दीर्घरोगीहरूलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।