१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १९:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य : वैद्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:२६:oo

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरू सबै असफल भएकाले नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको बताएका छन् । २६औँ जनयुद्ध दिवसको उपलक्ष्यमा प्रेस वक्तव्य जारी गर्दै वद्यले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको पनि बताएका छन् । 

पार्टीको मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन तथा गद्दारीका कारण अहिले जनयुद्ध इतिहास बनेको तथा क्रान्ति प्रतिक्रान्तिमा बदलिएको उनको भनाइ छ । 

‘आन्तरिक रूपमा दलाल तथा नोकरशाही पुँजीवाद एवं सामन्तवाद र बाह्य रूपमा साम्राज्यवादी तथा भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा फड्को हान्ने उद्देश्य राखी आजको २५ वर्ष पहिले तत्कालीन नेकपा (माओवादी)ले नेपालमा जनयुद्धको उदघोष गरेको थियो । उक्त जनयुद्ध छोटै समयमा देशका विशाल ग्रामीण भूभागमा आधार इलाकाहरूको स्थापना र जनसरकारहरूको गठन गर्दै विश्वभरि सर्वहारा क्रान्तिको नयाँ सन्देश प्रवाहित गर्न सफल भएको थियो । तर, पार्टीको मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन तथा गद्दारीका कारण अहिले जनयुद्ध इतिहास बनेको छ, क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ,’ किरणको विज्ञप्तिमा छ, ‘त्यति मात्र होइन, झापा आन्दोलन र महान् जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरू आज सत्ता एवं सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेका छन् र देश असफल सिद्ध हुँदै छ । यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरू सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ ।’ 

उनले थपेका छन्, ‘आज नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । हाम्रो पार्टी आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरूबाट पाठ सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढंगले प्रयोग गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ ।’ 

ad
ad