मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी मेक्सिको सिटी
२०७७ माघ २९ बिहीबार १४:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

मेक्सिकोद्वारा कोभिड– १९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

Read Time : < 1 मिनेट
रासस/एएफपी मेक्सिको सिटी
२०७७ माघ २९ बिहीबार १४:५६:००

मेक्सिकोको औषधि व्यवस्थापनसम्बन्धी नियामक निकायले कोभिड– १९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरूका अनुसार स्वीकृत खोपहरूमध्ये क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका छन् ।

मेक्सिकोमा कोरोना भाइरस संक्रमणसँग जुधिरहेको सरकारका लागि खोपहरू स्वीकृत गर्नुको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए । महामारी नियन्त्रण संयोजन समितिका प्रवक्तासमेत रहेका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलनमार्फत दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिएका हुन् । क्यानसिनो र सिनोभ्याकको कोरोना भ्याकका अलावा मेक्सिकोले अरू तीनवटा खोपलाई पनि मान्यता प्रदान गरिसकेको छ । मेक्सिकोको नियामक निकायले हालसम्म फाइजर, अस्ट्राजेनिका र रसियाका स्पुतनिक भीलाई मान्यता दिइसकेको छ ।

गत डिसेम्बरको अन्त्यतिर मेक्सिकोले खोपलाई मान्यता दिएको थियो । दक्षिण अमेरिकामा चिली र कोस्टारिकाले पनि खोप अनुमति दिइसकेका छन् । तर, मेक्सिकोमा हालसम्म फाइजरको खोप मात्र प्रयोगमा आएको छ । हालसम्म उक्त खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र मुलुकको दक्षिणी क्षेत्रका शिक्षकहरूलाई दिइसकेको छ । मेक्सिकोमा अस्ट्राजेनिकाको खोप भने जनवरीमा आइपुगेको छ । यो खोप स्थानीय तहसम्म वितरण र दक्षिण अमेरिकी मुलुकहरूमा आगामी मार्चसम्ममा पुगिसक्ने अनुमान गरिएको छ । 

मेक्सिकोमा कोभिड– १९ संक्रमणबाट एक लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेकाे छ भने करिब २० लाख मानिस संक्रमित भइसकेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने देशहरूमा मेक्सिको तेस्रो स्थानमा छ । पहिलो स्थानमा संयुक्त राज्य अमेरिका (चार लाख ८३ हजार) रहेको छ भने दोस्रो स्थानमा ब्राजिल (दुई लाख ३४ हजार) रहेको छ ।