१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मानदत्त रावल 
२०७५ पौष ४ बुधबार १५:३७:००
Read Time : < 1 मिनेट
समाचार

जुम्लाको सिँजामा हावाबाट बिजुली  

Read Time : < 1 मिनेट
मानदत्त रावल 
२०७५ पौष ४ बुधबार १५:३७:००

जुम्लाको सिँजा गाउँपालिकामा हावाबाट विजुली निकालिने भएको छ । पाँच करोड ५० लाख रूपैयाँकाे लागतमा ८० किलोवाट विजुली निकाल्न लागिएकाे हाे ।वैकल्पिक उर्जा प्रवर्ध्न केन्द्रकाे ९० प्रतिशत अनुदान र सिजा गाउँपालिकाको १० प्रतिशत लगानीमा हावाबाट विजुली उत्पादन गर्न लागिएको वडाध्यक्ष तिलाचन्द्र चौलागाईले बताए ।

उनले भने, 'सिजा गाउँपालिकामा भइरहेको उर्जा संकटलाई न्यूनिकरण गर्नका लागि हावा र सौर्य दुवै तरिकाले विजुली उत्पादन गरी घर घरमा सेवा प्रवाह गर्ने गाउँपालिकाको योजना रहेको छ ।' यसबाट हजार बढी घरधुरी लाभान्भित हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी तातोपानी गाउँपालिकाको डाँगीवाडामा हावाबाट बिजुली उत्पादन गरी सकिएकाे छ । डागीवाडामा बिहान बेलुका धेरै हावा चल्ने भएकाले जिल्लामै पहिलो पटक परीक्षणका रुपमा हावाबाटै विजुली निकालिएको हो ।