१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग

प्रजातन्त्र दिवसका अवसरमा कविता तथा निबन्ध प्रतियोगिता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौ
२o८१ बैशाख ३१ सोमबार १४:५१:oo

नेपाल प्रज्ञा प्रतिष्ठानको संयोजनमा प्रजातन्त्र दिवस (७ फागुन)का अवसरमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधमा प्रज्ञा प्रतिष्ठानले ७ फागुनमा प्रज्ञा भवनमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

महोत्सवका लागि राष्ट्रिय भावना प्रतिबिम्बन हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ । प्रतियोगितामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित र अप्रसारित कविता तथा निबन्ध २ फागुनसम्म बुझाइसक्नुपर्नेछ । कविता र निबन्ध दुवै विधातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार नगद र प्रमाणपत्र पुरस्कार दिने प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् । 

ad
ad