१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिमपातका कारण पाँच दिनदेखि मनाङ सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:१७:oo

हिमपातले बेसीसहर चामे सडकअन्तर्गत  हिमाली जिल्ला मनाङको सडक पाँच दिनदेखि अवरुद्ध बनेको छ । मनाङमा शुक्रबार र शनिबार परेको हिमपातले सडकमा हिउँ जमेकाले हिउँ पन्छाउन नसक्दा सडक अवरुद्ध बनेको हो । 

मनाङको सदरमुकाम चामेमा हिउँ पन्छाए पनी दानक्युदेखि माथिल्लो मनाङसम्म सवारी गुड्न नसकेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । सडकमा सवारी गुड्न नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या परेको छ ।

सडकमा हिउँ जमेकोका कारण शुक्रबारदेखि मनाङमा यातायात सेवा अवरुद्ध भएको उनले बताए ।  सवारीसाधन गुड्न नसकेपछि खाद्यान्न, निर्माण सामग्रीलगायतको ढुवानी हुन सकेको छैन । सडक खुलाउन पहल भइरहेको प्रजिअ लामिछानेले बताए ।

सडकमा तीन फिट बाक्लो हिउँ जमेकाले सवारी आवतजावत गर्न नसकेको उनको भनाइ छ । सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका डिएसपी होमनाथ पन्थीका अनुसार तिमाङदेखि माथिल्लो मनाङसम्मका सडक पूरै हिउँले ढाकेको छ ।

सडकमा हिँड्न सक्ने अवस्था छैन । बाटो तथा गोरेटोको हिउँ अझै पग्लिएको छैन । धेरै ठाउँमा हिउँ जमेपछि बेसीसहरदेखि तल्लो मनाङको दानक्युसम्म मात्रै जिप चलेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चामे क्षेत्रको हिउँ पन्छाए पनि अन्य ठाउँको हिउँ पन्छाउन समस्या भएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । 
 

ad
ad