१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १६:०९:००
Read Time : < 1 मिनेट
खेलकुद

विराटनगरलाई पराजित गर्दै रुपन्देहीले निकाल्यो लगातार दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १६:०९:००

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत चौँथो खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ । मंगलबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा बसन्त रेग्मीको रुपन्देहीले करण केसीको विराटनगरले दिएको ९४ रनको सामान्य लक्ष्यलार्इ १३ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

रुपन्देहीका पुनित मेहेराले सर्वाधिक ४६ रन जोडे भने बाबर हायतले १७ रन जोड्दा भिम सार्कीले अविजित १२ रन जोडे । विराटनगरका अभिनास यादवले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

विराटनगरका लागि प्रनित थापा मगरले अविजित रहदै सर्वाधिक १७ रन, असद उल्लाह खानले १६ रन, कुशल भुर्तेलले १२ रन र संसद शेखले १० रन बनाए । विराटनगरलाई सस्तैमा समेट्न रुपन्देहीका पुनित मेहेराले ३ विकेट र ललित भण्डारी र बसन्त रेग्मीले २/२ विकेट लिए ।