१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ सभाको बैठक दुई मिनेट बसेर स्थगित, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस भएन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

प्रदेश १ सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । नेकपा ओली समूह (मुख्यमन्त्री शेरधन राई समूह)ले नियमापत्ति जनाएपछि बैठक दुई मिनेट बसेर आगामी ९ फागुनसम्मका लागि स्थगित भएको हो । 

दिउँसो दुई बजे बोलाइएको बैठक दिउँसो तीन बजेर ५२ मिनेटमा सुरु भएर जम्मा दुई मिनेट चलेको थियो ।  मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची भए पनि पेस हुन सकेन । 

यसअघि झन्डै पाँच घन्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटे पनि बैठक सुरु भएको थियो । बैठकमा नेकपा ओली समूहका नेताहरूले बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताएका छन् भने प्रचण्ड–माधव समूहका नेताहरूले बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिनुपर्ने अडानमा राखेका थिए । विपक्षी दलहरूले पनि बैठक सञ्चालन गर्नुपर्ने बताएका थिए ।