१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड १९ पछिको पर्यटन : सन् २०२१ को पहिलो महिनामा भित्रिए ९ हजार पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५५:oo

कोभिड १९ पछि सन् २०२१ को पहिलो महिनामा पर्यटक आगमनमा वृद्धि देखिएको छ । अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल र भारतबीच हवाई उडान सुरु भएसँगै भारतीय पर्यटक आगमनमा समेत वृद्धि देखिएको छ ।

भारतबाट जनवरीमा मात्र ४ हजार २८ जना पर्यटक भित्रिएका छन् । कोरोना खोपले संसारभरका पर्यटक घुम्न जाने तयारीमा रहेकाले नेपालमा पनि सकारात्मक प्रभाव पर्ने देखिएको नेपाल पर्यटक बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । बोर्डले अब भारत र चीनलाई केन्द्रित गरेर प्रवद्र्धनको कार्यक्रम गर्ने गरी काम अगाडि बढाएकोसमेत सिइओ रेग्मीले जानकारी दिए । 

दोस्रोमा चीनबाट यस अवधिमा १ हजार ८ सय ७७ जना पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा रहेको अमेरिकाबाट मात्र ८७४ जना पर्यटक नेपाल आएका छन् । बेलायतबाट १ सय ३६ जना पर्यटक नेपाल आएका छन् । एक महिनाको अवधिमा विभिन्न १ सय २१ मुलुकबाट पर्यटक नेपाल आएको पाइएको छ । 

गत चैत ११ देखि पूर्ण रूपमा विमानस्थल तथा एयरलाइन्स सेवा ठप्प पारेसँगै पर्यटक आगमनसमेत ठप्प भएको थियो । जसको कारण सन् २०२० मा इतिहासकै कम पर्यटक नेपाल भित्रिएका थिए । अब अहिले आन्तरिक पर्यटकहरू घुमफिरमा निस्किएको र अझै प्रभावकारी बनाउन अभियान नै सुरु गर्न लागेको समेत रेग्मीले जानकारी दिए । 

नेपालमा सन् १९९३ देखि पर्यटक आगमनको तथ्यांक राख्न थालिएको थियो । जुन तथ्यांकअनुसार सन् २०२० मा हालसम्मकै थोरै पर्यटक नेपाल आएका हुन् । सन् २०२० मा सन् २०१९ को तुलनामा ९ लाख ६७ हजार १ सय ६ ले कम पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ लाख ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएकोमा सन् २०२० मा घटेर २ लाख ३० हजार ८५ पर्यटक मात्रै नेपाल भित्रिएका छन् । जुन संख्या ८१ प्रतिशतले कमी हो । 

सन् २०२१ आन्तरिक पर्यटकको भर 
सन् २०२० को नेपाल भ्रमण वर्ष कोरोनाका कारण स्थगित गर्न पुगे पनि सन् २०२१ को मध्यबाट लयमा फर्काउने गरी काम अगाडि बढाएको दाबी सरकारी निकायहरूले गर्दै आएका छन् । सरकारले आन्तरिक पर्यटक प्रवद्र्धन गर्न भन्दै ‘देश–दर्शन’ कार्यक्रम ल्याउन लागेको बोर्डका सिइओ रेग्मीले जानकारी दिए । 

सरकारी निकायदेखि कर्पोरेट हाउस, वित्तीय क्षेत्रका कर्मचारीलाई विशेष प्याकेज दिएर एकैपटक देशका सबै गन्तव्यमा समानुपातिक रूपमा घुम्न पठाउने योजना सरकारको छ । जसबाट ३० लाख मानिस योजनाबद्ध रूपमा आफ्नै देशका गन्तव्य घुम्न निस्कने अनुमान सरकारको छ ।