१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ माघ २२ बिहीबार ०८:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटकलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम  अनुपयुक्त : सिइओ रेग्मी

Read Time : < 1 मिनेट
२०७७ माघ २२ बिहीबार ०८:२७:००

नेपाल भ्रमणमा आउने पर्यटकले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम पर्यटन क्षेत्रको हितमा नरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताएका छन् । कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासको विषयमा पोखरामा छलफलमा सिइयो रेग्मीले यस्तो बताएका हुन् ।

‘लाखौँ मान्छे दैनिक सडकमा उतारेर दिनदिनै आन्दोलन गर्दा कोभिड सर्दैन ? उनले प्रश्न गर्दे भने ‘बसमा मानिस कोचेर ल्याएको छ, एउटा होटेलको सानो कोठामा २०/२० जना थुपारेको छ, त्यहाँ कोभिड सर्दैन ?’ 

कोरोना परीक्षण गरी आएका र नेपालमा समेत कोरोना परीक्षण गर्छु भन्नेलाई रोक्न नहुने उनको भनाइ छ । पर्यटकले सात दिनको क्वारेन्टाइन बस्नुपर्ने समय बढाएर १० दिन पुर्‍याएकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् । नीति–नियम बनाउने स्थानमा विज्ञको अभाव हुँदा समस्या आएको पनि उनले बताए । 

युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष निरञ्जन श्रेष्ठले कोरोनापछि निजी क्षेत्रले सरकारको साथ मात्र खोज्दा पनि नपाएको गुनासो गरे । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले कोरोनालगत्तै आफूहरूले ब्याज, भाडा र कर तिर्ने समय बढाइदिन आग्रह गरे पनि सुनुवाइ नभएको बताए । 

नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. गिरधारी शर्माले कोभिडका कारण मारमा परेका व्यवसायीलाई उकास्न १५ लाखसम्म ऋण दिने र त्यसको ब्याज सरकारले तिरिदिने कार्यक्रम सुरु गरेको बताए । त्यस्तै, पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीले कोभिड परीक्षण गराएर आएका विदेशी पर्यटकलाई पोखरामा कुनै रोकतोक नहुने बताए ।