१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको कदमको समर्थनमा राजधानीमा मोटरसाइकल ऱ्याली (भिडियो र फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:o१:oo

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका समर्थकले बुधबार राजधानी उपत्यकामा मोटरसाइकल र्‍याली निकालेका छन् । २३ माघमा आयोजित आमसभालाई लक्षित गर्दै मोटरसाइकल र्‍याली निकालिएको हो । 

ताजा  जनादेशको पक्षमा भन्दै आयोजना गरिएको र्‍यालीको उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले रिबन काटेर तथा सिटी फुकेर उदघाटन गरेका थिए । र्‍यालीमा नेकपाका जनवर्गीय संगठनका नेता–कार्यकर्ता सहभागी थिए । 

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा उनीहरूले प्रदर्शन गर्दै आएका छन् । बुधबारको र्‍यालीका सहभागीले पनि ओली कदमको पक्षमा नारावाजी गरेका थिए । र्‍यालीको सबैभन्दा अघिल्लो भागमा प्रधानमन्त्री ओलीका दुई ठूला तस्बिर गाडीमा राखेर घुमाइएको थियो ।

बालकुमारी पुलबाट सुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, जमन, नारायणहिटी, कमलपोखरी गौशाला हुँदै तीनकुने पुगेर टुंगिएको थियो । ओली समूहले २३ माघमा नारायणहिटी दरबार अगाडि वृहत आमसभाको आयोजना गरेको छ ।

नेकपाकै प्रचण्ड–नेपाल समूहले ९ माघमा आयोजना गरेको विरोधसभाको काउन्टरमा ओली समूहले २३ गतेको सभा राखेको हो । उक्त सभाको प्रचारप्रसारका लागि समेत र्‍याली निकालिएको र्‍यालीका सहभागीले बताए । 

 

ad
ad