१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकार ! बारीमा जाऊँ कि खाडीमा ? भन्दै चितवनमा किसानको आन्दोलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २२:o६:oo

उत्पादनले बजारमूल्य नपाइरहेको समयमा भारतीय उत्पादन ल्याएर सस्तो मूल्यमा बिक्री गरेको भन्दै चितवनका किसान आन्दोलनमा उत्रिएका छन् । स्वदेशकै उत्पादनले बजार धान्न सक्ने समयमा दोस्रो मुलुकबाट ल्याएर किसान मार्ने काम गरेको भन्दै उनीहरूले भरतपुरमा प्ले कार्ड र ब्यानरसहित ¥याली नै गरे ।

आइतबार भरतपुरको चौबिसकोठी चोकमा जम्मा भएका किसानले चौबिसकोठीबाट हाकिमचोक, केन्द्रीय बस ट्रमिनल, जिल्ला प्रशासन हुँदै जिल्ला प्रहरी कार्यालयअगाडिको खाली चौरमा कोण सभा गरेका थिए ।

ad
ad