Skip This
काठमाडौंमा आज कांग्रेसको विरोध सभा, सिटौला र गगन थापासहितले सम्बोधन गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा आज कांग्रेसको विरोध सभा, सिटौला र गगन थापासहितले सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शुक्रबार काठमाडौंमा विरोध सभा गर्दै छ । सहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षार्थ तथा केपी ओली सरकारको असंवैधानिक कदमको विरुद्धमा सहीद दिवसको अवसर पारेर कांग्रेसले सभाको आयोजना गरेको हो । 

काठमाडौं क्षेत्र नं. ६, क्षेत्रीय समितिले गरेको विरोध सभा रत्नपार्कस्थित शान्तिवाटिकामा दिउँसो १ बजेबाट सुरु हुनेछ । यो क्षेत्र नेता सिटौलानिकट भीमसेनदास प्रधानको निर्वाचन क्षेत्र हो । कोरोना संक्रमणका भएर अस्पताल भर्ना भएका कारण प्रतिनिधिसभा विघटनपछि पार्टीले गरेका विरोध सभाहरूमा सहभागी नभएका नेता सिटौलाकै चाहनाबमोजिम विरोध सभाको आयोजना गरिएको हो । 

विरोध सभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेतृ पुष्पा भुसाल, गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान र काठमाडौं जिल्ला सभापति सबुज बानियाँलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।