Skip This
वृद्ध महिला हत्या आरोपमा दुईजना पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वृद्ध महिला हत्या आरोपमा दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:oo:oo

जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया वृद्ध महिला हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिंगाचौर गाउँका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय खगेन्द्र सुनारलाई माघ १३ गते पक्राउ गरेको हो । आरोपितलाई प्रहरीले उनीहरूकै घरबाट पक्राउ गरेको हो । 

सोही नगरपालिका– ४ भारतीवाडाकी ६९ वर्षीया महिला सतलदेवी रोकाय गत पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन् । उनका आफन्तले नाक, कान, घाँटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरिएको थियो ।

मृत महिलाका आफन्तले हातमा औँठी, छाप, कानमा गहनासहित चार तोला सुनसमेत नभएको र घाँटीमा थिचेकोजस्तो घाउ भएको भन्दै प्रहरीमा अनुसन्धान गरिदिन भनी पुस १७ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी माधवप्रसाद काफ्लेले भने, ‘पीडितको उजुरी आएपछि हामीले घटनाको अनुसन्धान तीव्र गतिमा गरेका थियौँ ।’ 

अनुसन्धान गर्दा यही माघ १३ गते उक्त घटनामा संलग्न आशंकामा  दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका दुवैलाई थप अनुसन्धानको लागि  प्रहरी हिरासतमा राखिएको छ ।