मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गंगामायालाई भेट्न गृहसचिव वीर अस्पताल पुगे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

लामो समयदेखि वीर अस्पतालमा अनशनरत गोरखाकी गंगामाया अधिकारीलाई भेट्न बुधबार गृहसचिव महेश्वर न्यौपानेको टोली पुगेको छ । सचिव न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अस्पताल पुगेका हुन् । 

वीर अस्पताल पुगेर सचिव न्यौपानेले उनको उपचारबारे जानकारी लिएको गृह मन्त्रालयका सहायक प्रवक्ता प्रेमलाल लामिछानेले बताए । छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी अनशन बस्दै आएकी छिन् । 

स्वास्थ्य अवस्था नाजुक भएकी उनको वीरमा उपचार हुँदै आएको छ । उनको मागबारे समेत सचिव न्यौपानको टोलीले जानकारी लिएको थियो ।