१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकाका सडकमा अब ‘टल्कने कोन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४८:oo

उपत्यकामा सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टल्कने ट्राफिक कोन राख्न सुरु गरेको छ । रातको समयमा सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले उपत्यकाका सडकमा यस्तो कोन राख्न सुरु गरेको हो । 

ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक विभाग, स्थानीय निकाय र अन्य निजी संघसंस्थाको सहयोगमा सडकमा कोन राख्न सुरु गरिएको हो । महाशाखाले काठमाडौं उपत्यकाको चक्रपथ तथा चक्रपथबाहिर २६ स्थान र चक्रपथभित्रका आठ गरी कुल ३३ स्थानमा यस्ता कोनहरू राखेको हो । उक्त स्थान उपत्यकाभित्रका सबैभन्दा धेरै सवारी दुर्घटना हुने स्थान हुन् । 

सडकमा राखिएका कोनमा पोतिएका फ्लोरिसेन्ट स्टिकर रातको समयमा टल्कन्छ । जसले सडकमा डिभाइडरको काम गर्छ । बत्ती नभएको अवस्थामा पनि स्टिकर टल्किने हुँदा सडक दुर्घटना कम हुने ट्राफिक प्रहरीको भनाइ छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न बढी दुर्घटना जोखिम रहेको स्थानहरूमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडकखण्डमा चार सय ३० थान राखिएको उनले बताए ।