मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ १३ मंगलबार
  • Thursday, 10 July, 2025
२o७७ माघ १३ मंगलबार १९:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको समायोजनका काम फेरि निर्वाचन समितिकै थाप्लोमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १३ मंगलबार १९:oo:oo

संघीय संरचनाअनुसार कांग्रेसका संगठन पुनर्संरचनाको विवाद पुनः निर्वाचन समितिकै थाप्लोमा परेको छ । समितिले एक वर्षदेखि समायोजनको पहल गर्दा पनि समायोजनको काम सहज रूपमा गर्न नसकेपछि विवाद समाधानको जिम्मा केन्द्रीय समितिलाई लगाएको थियो । तर, मंगलबार बसेको केन्द्रीय समिति बैठकले विवादित ती जिल्लाको समायोजन पुनः निर्वाचन समितिले नै गर्ने निर्णय गरेको हो । 

निर्वाचन समितिले ३ पुसमा ७७ जिल्लामा समायोजनको कार्य पूरा गरी केन्द्रीय समितिलाई बुझाएको थियो । मंगलबारको केन्द्रीय समिति बैठकले समायोजन हुन नसकेका बारा, सप्तरी र सिन्धुपाल्चोकको समायोजनको काम पुनः निर्वाचन समितिलाई दिने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

केन्द्रीय समितिले यसअघि समायोजन भइसके पनि पुनरावलोकनको माग गरेका सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँकेलगायत जिल्लाको केही स्थानको बाँकी कामसमेत निर्वाचन समितिलाई दिएको छ । संघीय संरचनाअनुसार पार्टीको संगठन समायोजनका लागि कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । 

तर, स्थानीय तहकै समायोजन हुन सकेको छैन । प्रदेशस्तरमा त झन् कांग्रेसको तदर्थ समितिसमेत बन्न सकेको छैन ।